HIGHLIGHT NEWS
22 December, 2011
सिरहा शाखाका सदस्य विष्णुपुर स्थीत ऋद्धी सिद्धी ज्वेलर्सका संचालक सुरेश शाहलाई सिरहा, गोलबजार स्थीत आफ्नै घरमा लुटेरा डाकाहरुले आक्रमण गरी गोलीहानी हत्या
यहि २०६८ साल पौष ६ गते राती यस संघका, सिरहा शाखाका सदस्य
विष्णुपुर स्थीत ऋद्धी सिद्धी ज्वेलर्सका संचालक सुरेश शाहलाई सिरहा, गोलबजार स्थीत आफ ् नै घरमा लु टे रा डा “ काहरुले आक्रमण गरी गा े लीहानी हत्या
गरी सुनचा“दी तथा धनमाल समेत लुटेर लगेको दुःखद घटनाले यस संघका सम्पूर्ण व्यवसायीहरु पु नः एक पटक दुखित भएका छौं । केहि दिन अघि मात्रै यस संघका ललितपुर शाखा सदस्य पसल गुणः ज्यासः पसःका जुजुकाजी बज्राचार्यको पनि यस्तै जघन्य हत्या गरिएको घाउ आलै हु“दै लगतै यस्ता घटनाहरु निरन्तर भई नै रहनुले हाम्रो व्यवसायको भविष्यप्रति हामीलाई धेरै चिन्तित पारेको छ । कुनै पनि उद्योग व्यवसायमा सुरक्षा द¥हो नभई अगाडि बढ्न संभव छैन त्यस माथि पनि हालको अवस्थामा सुनचा“दीको अत्याधिक मूल्यवृद्धिले गर्दा सबैको आ“खा लाग्ने हुन गएको छ । यस क्षेत्रमा राज्यको सुरक्षा निकायको कार्यान्वयन पक्ष यस्तै निस्कृय भईरहने हो, भने व्यवसायीहरुले मात्र आफ् नो पे शा र ज्यान
फाल्नु पर्ने होइन की सम्पूर्ण नेपाली जनताको पनि आ–आफ्नो धन सम्पती र ज्यानको ठेगान नरहने हुन्छ ।
अतः यस्ता जघन्य अपराधिक घटनाहरुलाई निरुत्साहित गरी व्यवसायीहरुको
साथै नेपाली जनतालाई सुरक्षा दिने सवालमा राज्यको सम्बन्धीत निकाय अति संवेदनशिल र सकृय होस भनी यस नेपाल सुनचा“दी व्यवसायी संघ जोडदार माग गदर्छ ।
Notices & Announcements
- 07 May, 2013: List of gold buyer from Prime Bank-Inside of Bagmati
view all
