:: Welcome to Nepal Gold & Silver Dealers' Association

HIGHLIGHT NEWS



24 December, 2011


पौष ८ गते शुक्रवार बेलुकी काठमाडौं को कपन, मिलनचोक स्थित सुनचादी व्यवसायी श्री हर्कबहादुर दियालीको पसलमा ‘‘जय मनकामना सुनचादी पसल’’ भित्रै नै गोली हानी हत्या

यही मिति २०६८ पौष ८ गते शुक्रवार बेलुकी काठमाडौं को कपन, मिलनचोक स्थित सुनचादी व्यवसायी श्री हर्कबहादुर दियालीको पसलमा ‘‘जय मनकामना सुनचादी पसल’’ भित्रै नै गोली हानी हत्या गरिएको घटनाले यस संघ तथा सम्पूर्ण व्यवसायीहरु स्तब्ध भएका छौं । विगतमा पनि वारम्वार सुनचा“दी व्यवसायीहरुको घर, कलकारखाना, कालीगढ र मजदूर लगायतका बासस्थानमा करोडौं रुपिया“ बरावरका सुनचा“दीका गरगहना सम्पती लुट्ने र संगठीत
रुपमा नै अपराधीहरुबाट लुटपाट र डकैटी गर्ने गरीएकोमा मंसिर १६ गते ललितपुरको पुल्चोक स्थित गुणःज्यासः पसःमा श्री जुजुकाजी बज्राचार्यको हत्या हुनु, पुष ६ गते सिरहाका ऋद्धी सिद्धी ज्वेलर्सका संचालक सुरेश शाहलाई हत्या गरिनु जस्ता लगातार अपराधि घटनाहरु हुनुले सम्पूर्ण व्यवसायीहरु लगायत सर्वसाधारण समेत असुरक्षित भै डरत्रास र आतंकको स्थिति सृजना भएको छ । यसरी देशको राजधानी जस्तो सुरक्षित रहनु पर्ने ठाउ“मा समेत नागरिकहरुको
ज्यू–ज्यानको सुरक्षामा खलल् पु¥याउ“दै लुटपाट हुनु र हत्यालगायतका सांघातिक हमला गर्ने आपराधिक प्रवृतिमा वृद्धि हुदै जानुले हामी सम्पूर्ण व्यवसायीहरु असुरक्षित भै आप्mनो व्यवसाय कारोवार कसरी संचालन गर्ने भन्ने अन्यौल खडा भएको छ । त्यसैले यस सम्बन्धमा नागरिक सुरक्षाको प्रवन्ध गर्ने प्रश्नमा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रत्यक्ष सरोकार राखी उक्त हत्या र लुटपाट घट्नामा संलग्न अपराधिहरुको खोजतलास गरी यथासिघ्र कारवाही गरी
सत्यतथ्य सार्वजनिक गर्न र सम्बन्धीत पिडितपक्षलाई राहत प्रदान गर्न नेपाल सरकार समक्ष यस व्यवसायी संघ पुनः एक पटक जोडदार माग गर्दछ । असुरक्षा, डर, त्रासको यस्तो अस्तव्यस्त अवस्थामा हामी व्यवसायी मात्र नभई अन्य व्यापार उद्योग व्यवसायी लगायत सर्वसाधारण समेत असुरक्षित हुन पुगेका छन् ।


कुनै पनि उद्योग व्यापार व्यवसाय सुरक्षा नभई संचालन हुन असम्भव हुने तथ्य सवैलाई थाहा नै छ । सुनचा“दी व्यवसाय त्यसैपनि वहुमूल्य प्रवृतिको हुने  कारणले पनि यसमा अन्यव्यवसाय भन्दा बढी सुरक्षा चाहिने तथ्य फेरी एकचोटी राख्दै यस व्यवसायलाई निरन्तर संचालन गर्न आवश्यक सुरक्षाको प्रत्याभूतिका लागि सम्बन्धित निकायबाट आवश्यक कदम चालियोस भन्ने हाम्रो मागलाई पुनः जोडदाररुपमा नेपाल सरकारको सम्बन्धित सुरक्षा निकाय
समक्ष राख्दछौं । साथै उपरोक्त घटनाको विरोध स्वरुप नेपाल सुनचा“दी कला व्यवसायी संघले आयोजना गर्न लागेको सुन चा“दी व्यवसाय बन्द गर्ने कार्यक्रमलाई समर्थन गर्दै १० गते आईतबार नेपाल सुनचा“दी व्यवसायी संघ मातहत रहेका उपत्यकाका सम्पूर्ण सुनचा“दी व्यवसाय बन्द गर्ने निर्णय पनि गरेका छौं ।