HIGHLIGHT NEWS
14 January, 2012
तेश्रो राष्ट्रिय सम्मेलन तथा २० औं साधारण सभा सम्पन्न
click here to download this file
नेपाल सुनचादी व्यवसायी संघको तेश्रो राष्ट्रिय सम्मेलन तथा २० औं साधारण सभा सम्पन्न
भएको छ । २०६८ साल पौष २९ गते होटल शंकरमा सम्पन्न कार्यक्रममा प्रम’ख अतिथि माननीय उपप्रधान
मन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारज्यू हुनु हुन्थ्यो । केन्द्रिय अध्यक्ष श्री तेजरत्न शाक्यको
सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघको स्थापनाकाल देखिका वरिष्ठ सल्लाहकार श्री पद्मरत्न
तुलाधरज्यूलाई दोसल्ला ओढाई ताम्रपत्रद्वारा अभिनन्दन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै
केन्द्रिय अध्यक्ष श्री तेजरत्न शाक्यले पर्याप्त स’नको आपूर्ति र सुरक्षा सम्बन्धमा ध्यानाकर्षण गर्दै ३९ शाखा
आवद्ध रहेको संघ यथासिघ्र महासंघमा रुपान्तरण हुन गइरहेको बताउनु भयो ।
प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री गच्छदारज्यूले सुनचादी व्यवसायी माथि भएको हत्या
आतंकले सरकार गम्भीर भएको बताउनु भयो । उहा“ले व्यवसायीस“ग सहकार्य गरेर चुस्त सुरक्षा व्यवस्था
बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको बताउनु भएको थियो । उहा“ले सहरी क्षेत्रमा जनसंख्या बढ्ने
क्रममा असामाजिक क्रियाकलापहरुको पनि वृद्धि हु“दै गएकोले विद्यमान ४२ हजारको प्रहरी सुरक्ष्ँँ दरबन्दी
अपुग रहेको बताउनु भयो ।
यस्तै गरी विशिष्ट अतिथि नेपाल राष्ट्रबैंकका गभर्नर डा. युवराज खतिवडाज्यूले व्यवसायीहरुको
समस्या माथि जुन विचार गर्दै दैनिक १५ किलो स’न आपूर्तिलाई बढाउने तर्फ सोच्ने बताउनु भयो ।
महानगरीय प्रहरी प्रमुख आयुक्त श्री कुबेर सिंह रानाज्यूले सुनचा“दीको मूल्यबृद्धिका कारण
अपराध बढेको बताउनु भयो । उहा“ले सुनचा“दी व्यवसायीहरुलाई केन्द्रित गरी २०६४ साल मै टास्कफोर्स
प्रतिवेदन तयार गरेको र सोही अनुरुप काम भइरहेको बताउनु भयो ।
ससस्त्र प्रहरीका अतिरिक्त महानिरिक्षक श्री ठाक’र मोहन श्रेष्ठज्यूले व्यवसायीको सुरक्षार्थ
नागरिक समाज र प्रहरी मिलेर सहकार्य गर्नुपर्ने बताउनु भयो । उहा“ले कुल जनसंख्याको ०.६३ प्रतिशत
मात्र सुरक्षा बल रहेकोमा कम्तिमा १ प्रतिशत आवश्यक रहेको बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष श्री प्रदिप जंग पाण्डेज्यूले नेपालीको जन्म
देखि मृत्यु संस्कारस“ग गा“सिएको सुनचा“दी व्यवसायलाई जोगाउन माग अनुसार आपूर्ति गर्नु पर्नेमा जोड दिंदै
मञ्चमा आसीन नवरत्न समान अतिथिहरुलाई व्यवसायीहरुको विकराल समस्या सुल्झाउन गम्भीर भएर
लाग्न अनुरोध गर्नु भयो । त्यस्तै नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष श्री सुरेश वस्नेतज्यूले उपत्यकाको
बिग्रंदो सुरक्षा व्यवस्था प्रति गम्भीर आपत्ति प्रकट गर्दै सुनचा“दी व्यवसायीहरुको रोजीरोटीको बचाउको
लागि पनि माग अनुसार आपूर्तिको प्रबन्ध हुनु पर्ने औल्याउनु भयो ।
कार्यक्रम प्रिया थापाले संचालन गर्नु भएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष श्री मणि रत्न
शाक्यले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
उक्त सभाको बन्द सत्रमा महासचिव माणिकरत्न शाक्यले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन र
कोषाध्यक्ष ज्ञानकाजी शाक्यले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन संशोधन सहित पारित गरिएको छ ।
साथै मध्यमाञ्चल उपाध्यक्ष ज्ञानुराज शाक्यबाट महासंघ गठन सम्बन्धी विधान मस्यौदा, वरिष्ठ उपाध्यक्ष
मणिरत्न शाक्यले सुनचा“दी व्यवसायको आचार संहिता तथा महासचिव माणिकरत्न शाक्यले विधान
संशोधन सम्बन्धी प्रस्तुत प्रस्ताव संशोधन सहित पारित गरिएको थियो ।
बन्द सत्रमा संघ महासंघमा रुपान्तरण भइरहेको विशेष तरल अवस्थालाई मध्य नजर गर्दै
आगामी १ वर्षको लागि मौजुदा कार्यसमितिलाई नै म्याद थप गर्ने निणर्य गर्दै घोषित निर्वाचनको
कार्यक्रमलाई स्थगन गरियो ।
Notices & Announcements
- 07 May, 2013: List of gold buyer from Prime Bank-Inside of Bagmati
view all
